कलाकार गोविन्द शाही पक्राउ - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

कलाकार गोविन्द शाही पक्राउ



काठमाडौँ । फिल्म निर्माता, वितरक तथा कलाकार गोविन्द शाही पक्राउ परेका छन् ।

निर्देशक मिलन चाम्स र निर्माता सुदिप खड्काले एक वर्षअघि दिएको जाहेरीका आधारमा उनलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । उनीहरुले फिल्म ‘लिलिबिलि’बाट शाहीले करिव ८८ लाख दिनुपर्नेमा नदिएको आरोपसहित उजुरी दिएका थिए।

‘लिलिबिलि’बाट निर्देशक चाम्स र निर्माता खड्कालाई शाहीले ८७ लाख ७४ हजार ७६५ दिनु पर्ने बुझिएको छ ।