श्रमजीविकै पक्षमा लडेँ, अब पनि लड्छु : आचार्य - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

श्रमजीविकै पक्षमा लडेँ, अब पनि लड्छु : आचार्य



हिमाल पोस्ट /काठमाण्डौ भदौ ६ 

नेपाल पत्रकार महासंघको २५ औँ अध्यक्षमा विजयी गोविन्द आचार्यले निर्वाचित भएसंगै  श्रमजीविको पक्षमा लड्ने बताएका छन् । “साथीहरुले विश्वास गर्नुभएको छ, हिजो पनि श्रमजीविकै पक्षमा लडेँ, अब पनि लड्छु,, महासंघको मुहार फेर्ने मेरो कोशीस हुनेछ ।” उनले भने । निकै कडा प्रतिष्पर्धाबीच विजयी भएका आचार्यले आम सञ्चारकर्मीको अधिकारको सुनिश्चितताका पक्षमा आफूले निरन्तर संघर्ष गर्ने प्रतिक्रिया दिए ।

माओवादी निकट आचार्यले प्रेस चौतारीका उम्मेदवार तिर्थ कोइरालालाइ १०५ मतले हराएका हुन। प्रेस सेन्टर नेपालका पूर्व अध्यक्ष तथा पत्रकार महासंघका पूर्व उपाध्यक्ष समेत रहेका आचार्यलाई प्रेस यूनियनले समर्थन गरेको थियो ।

प्रतिद्वन्द्वी वरिष्ठ पत्रकार तीर्थ कोइरालालाई भने नेकपा एमाले निकट प्रेस चौतारीले समर्थन गरेको थियो ।महासंघको निर्वाचनमा वर्तमान महासचिव उजीर मगर भने आफू सम्बद्ध प्रेस सेन्टरको निर्णयविरुद्ध स्वतन्त्ररुपमा अध्यक्ष पदमा लडेका थिए ।