विश्वकप जिताएका गोट्जे जर्मन टिममै परेनन् - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

विश्वकप जिताएका गोट्जे जर्मन टिममै परेनन्



एजेन्सी- जेठ अन्तिमबाट रसियामा हुने फिफा विश्वकप फुटबल प्रतियोगिताका लागि साविक विजेता जर्मनीले प्रारम्भिक टिम घोषणा गरेको छ।

२७ जनाको प्रारम्भिक टिममा गत संस्करणमा जर्मनीलाई उपाधि जिताउन फाइनलमा निर्णायक गोल गरेका मारियो गोट्जे पर्न असफल भएका हुन्। उनले सन् २०१४ को विश्वकप फाइनलमा अर्जेन्टिना विरुद्ध थप गरिएको समयमा गोल गर्दा जर्मनीले चाथौ पटक विश्वकपको ट्रफी उचालेको थियो।

टिममा घाइते भएर गत सेप्टेम्बरदेखि मैदान बाहिर रहेका गोलकिपर म्यानुयल नेउर भने परेका छन्। टिमको प्रशिक्षक लोचिम लोले २०२२ सम्मका लागि जर्मन टिममा सम्झौता गरेपछि घोषणा गरिएको टिममा म्यानचेस्टर सिटीका लिरोए साने र गुन्डोगन समावेश छन्। यस्तै चेल्सीका अन्टोनियो रुडिंगर र आर्सनलका मेसुट ओजिलले टिममा स्थान बनाएका छन्।

जर्मनी विश्वकपको समूह ‘एफ’ मा मेक्सिको, स्विडेन र दक्षिण अफ्रिकासँगै छ। उसले पहिलो खेल १७ जुनमा खेल्नेछ। त्यसअघि प्रारम्भिक टिममा रहेका चार खेलाडी विश्वकपको अन्तिम टिमबाट बाहिरिनेछन्।

जर्मनीको प्रारम्भिक टिम
गोलकिपर – बेर्ड लेनो (बायर लिभरकुजेन), म्यानुयल नेउर (वायर्न म्युनिख), मार्क आन्द्रे टेर स्टेगेन (बार्सिलोना), केभिन ट्राप पिएसजी
डिफेन्डर – जेरोमी बोएटेङ (वायर्न म्युनिख), माथियास जिन्टर (बोरुसिया मोचेन्ग्लाबाच), जोनास हेक्टर (कोलोङग्ने), माट्स् हुमेल्स (वायर्न म्युनिख), जोसाउ किममिच (वायर्न म्युनिख), मर्भिन प्लाटेनहार्ड (हेर्था वर्लिन), एन्टोनियो रुडिगर (चेल्सी), निक्लास सुले (वायर्न म्युनिख), जोनाथन टाह (वायर लिभरकुजेन)
मिडफिल्डर – जुलियन बान्डट् (वायर लिभरकुजेन), जुलियन ड्राक्सलर (पिएसजी), लियोन गोरेक्सा (साल्के) इल्के गुन्डोगन (म्यानचेस्टर सिटी), सामि खादिरा (युभेन्ट्स), टोनी क्रुस (रियल म्याड्रिड), मेसुज ओजिल (आर्सनल), सेबास्टियन रुडी (वायर्न म्युनिख), लिरोए साने (म्यानचेस्टर सिटी)
स्ट्राइकर – मारियो गोमेज (स्टुगार्ट), थोमस मुलर (वायर्न म्युनिख), निल्स पिटर्सेन (एससी फ्रेइवर्ग), मार्को रेउस (बोरुसिया डर्टमुन्ड), टिमो वेर्नेर (आरबी लेइपजिग)