गोरखापत्रका जनाकारी अब गोरखापत्र नोटिस एपमा ! तपाईले डाउनलोड गर्नु भयो ? - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

गोरखापत्रका जनाकारी अब गोरखापत्र नोटिस एपमा ! तपाईले डाउनलोड गर्नु भयो ?



हिमाल पोस्ट /काठमाडौं,२६

प्रविधिको विकास सङ्संगै जीवन सहज बन्दै गएको छ । पहिले घण्टौं लाग्ने काम हरू केही क्षण मै गर्न सक्ने भएका छन  । डेक्सटप, ल्यापटप हुँदै अहिलेको प्रविधि मोबाइल फोन सम्म आइपुगेको छ । यही मोबाइल फोनको प्रयोग ले घडी , पात्रो, क्याल्कुलेटर, नक्सा बोक्ने जस्ता झन्झटहरुबाट मुक्त्त गराएको छ र बिस्तारै रेडियो टिभी पत्र-पत्रिका जस्ता कुराहरूको विकल्पको रूप म स्थापित हुँदै गएका छन्  ।

यसरी मानिसरुको दैनिक जीवनलाई सहज बनाउन हरेक दिन हजारौँ एपहरू बन्दै छन् । यस्तै एउटा एप हो गोरखापत्र नोटिस  । हरेक दिन गोरखापत्रमा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका सूचनाहरू प्रकाशित हुन्छन्। ती सूचनाहरू हेर्नको लागि गोरखापत्र नै किनेर पाना पल्टाउनु पर्ने र पुराना सूचनाहरू पाउन गाह्रो हुने समस्या यथावत् नै छ। यही समस्यालाई हल गर्न बनेको एप हो  गोरखापत्र नोटिस  । जहाँ तपाँइहरुले हरेक दिन गोरखापत्रमा प्रकाशित भएका तथा पुराना सूचनाहरू हेर्न र पढ्न सक्नु हुन्छ। सुरुवाती चरणमा रहेको यो एप चलाउन निकै सहज छ र अरू सुविधा हरू थप्दै जाने एप डेभलपरको भनाइ छ।

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्