प्रचण्डलाई गोरखामा पनि तनाव, कांग्रेस नै बाधक बन्ने
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखामा पनि तनाव हुने भएको छ । गोरखामा कांग्रेसले नै उनलाई सहयोग नगर्ने देक्गिएको छ ।
काठमाडौं -२ माओवादीले पाएपछि माधवी भट्ट पराजुलीले गोरखा फर्केर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध उम्मेदवारी दिने घोषणा गरेकी छिन्। उनी कांग्रेस गोरखाकी प्रभावशाली नेतृ हुन् ।
नेपाली कांग्रेसले उनलाई काठमाडौं- २ बाट सिफारिस गरेको थियो । तर भागबण्डाको क्रममा काठमाडौं- २ माओवादीको भागमा परेपछि माधवीले गृहजिल्ला गाेरखा फर्केर अध्यक्ष प्रचण्डविरुद्ध गाेरखा २बाट चुनाव लड्ने घोषणा गरेकी हुन् ।
उनले चितवन ३ छाडेर गोरखा २ मा चुनाव लड्ने निर्णय लिएकै दिन उनले प्रचण्डविरुद्ध उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले सामाजिक संजाल फेसबुकमामार्फत आफू प्रचण्ड विरुद्ध चुनाव लड्न तयार भएको उल्लेख गरेकी छन् ।
कांग्रेसको सक्रिय राजनीतिमा रहेकी उनी सत्य निरुपण तथा मेलमिलाप आयोगकी पूर्वसदस्य समेत हुन्।उनले आफ्ना पिताजीको त्याग तपस्या र बलिदानीबाट बनेको गोरखा कांग्रेसका मतदाताको विश्वास पाउने आशा व्यक्त गरेकी छिन्।