गोरखाका मेयर राजन पन्त हराए - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

गोरखाका मेयर राजन पन्त हराए



काठमाडौं- गोरखाका एक मेयर हराएका हराएका छन् ।

भगिनी सम्बन्ध गाँस्न बेलायतस्थित रसमोर बरो काउन्सिल पुगेका गोरखा नगरपालिकाका मेयर कार्यक्रममै अनुपस्थित भएका हुन्।

मेयर नै कार्यक्रममा नआएपछि नेपाली कम्युनिटी हन्स्लोका अध्यक्ष डोल मल्लले लन्डन मेयर अफ हन्स्लो टोनी लुकिलाई नेपाली झन्डा हस्तान्तरण गरेका छन्।

भगिनी सम्बन्ध स्थापना र मेयर पन्तको सम्मानका लागि बिहीबार लन्डन बरो अफ हउन्स्लो मेयर टोनी लुकीले एक कार्यक्रम आयोजना गरेका थिए। तर सो कार्यक्रममा अनिवार्य उपस्थित हुनुपर्ने मेयर पन्त नै हराएपछि आयोजक समस्यामा परेको थियो।

सो कार्यक्रममा गोरखा नगरपालिकाका तर्फबाट रसमोर बरो काउन्सिललाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्ने कार्यसूची रहेको, तर मेयर नै अनुपस्थित भएपछि नेपाली पक्ष निकै अप्ठ्यारोमा परेको खबर प्रवासी नेपालीहरुद्वारा सञ्चालित विभिन्न अनलाईन पोर्टलहरुमा उल्लेख छ।

भगिनी सम्बन्ध स्थापना गर्न भन्दै आयोजना गरिएकोउ कार्यक्रममा एमपी रुथ क्याड्बरी, डेपुटी मेयर, काउन्सिलर बिष्णुबहादुर गुरुङ, स्थानीय सरकारका उच्च अधिकारीलगायत हन्स्लो नेपाली समुदायको उपस्थिति रहेका, तर मेयर र उनको टिम नै कार्यक्रममा नजाँदा सहभागी नेपालीले दुःख व्यक्त गरेका छन्।

कार्यक्रमको तयारी पूरा भएपछि गोरखा नगरपालिकाका मेयर पन्तको टोली डोभरतिर घुम्न निस्किएका थिए।

पन्तको टोलीमा मेयर पन्तसहित गोरखा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमारी श्रेष्ठ र पत्रकार महासंघ गोरखा जिल्ला अध्यक्ष किशोरजंग थापा सहभागी छन्।

नेपाली दूतावासको पहलमा रसमोर काउन्सिल र गोरखा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापित भएको छ।