गोरखामा जीप दुर्घटना: वडा सचिवको मृत्यु, सात घाइते - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

गोरखामा जीप दुर्घटना: वडा सचिवको मृत्यु, सात घाइते



गोरखा- गोरखामा जीप दुर्घटना भएको छ ।

आरुघाटबाट काशीगाउँतर्फ जाँदै गरेको बोलेरो जीप आरुघाट गाउँपालिका वडा नं. १ स्थित धोरतको जंगलमा जीप दुर्घटना हुँदा वडा सचिव किरण रिमालको मृत्यु भएको हो ।

बुधबार राति ग १ ज ५५०५ नम्बरको जिप सडकबाट खस्दा जिपमा सवार अन्य ७ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा उपप्रमुख फुलमाया गुरुङ, चालक बालचन्द्र गुरुङ, निसा गुरुङ, धनबहादुर गुरुङ, केयरसिंह गुरुङ, सुरज नेपाल रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओम बहादुर अधिकारीले जानकारी दिए ।

एसपी अधिकारीका अनुसार घाइतेहरुलाई धोर्चेतको जंगलबाट उद्दार गरी करिब ३० मिनेटको दुरीमा रहेको मान्बु स्वास्थ्य इकार्इमा राखिएको र उनीहरुको उद्दारको लागि हेलिकोप्टरको व्यवस्था गरिँदैछ ।