गोरेले मात्रै ४ सय २१ पटक तस्करी गरी ३७१९ किलो सुन भित्र्याए - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

गोरेले मात्रै ४ सय २१ पटक तस्करी गरी ३७१९ किलो सुन भित्र्याए



काठमाडौं। ३३ किलो तस्करीको सुन गायव र सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङमा दर्ता गरिएको अभियोगपत्रका अनुसार चुडामणि उप्रेती र उनका सहयोगीले ५ वर्षमा ४२१ पटक तस्करी गरी ३७१९ किलो ५५९ ग्राम सुन भित्र्याएको दावी गरिएको छ ।

काठमाडौं, वैशाख २१ । ३३ किलो तस्करीको सुन गायव र सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङमा दर्ता गरिएको अभियोगपत्रका अनुसार चुडामणि उप्रेती र उनका सहयोगीले ५ वर्षमा ४२१ पटक तस्करी गरी ३७१९ किलो ५५९ ग्राम सुन भित्र्याएको दावी गरिएको छ ।

अन्नपूर्ण पोस्ट दैनिकले शुक्रबार पहिलो पृष्ठमा यससम्बन्धी समाचार प्रकाशित गर्दै जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत मोरङलाई बुझाएको अभियोगपत्रमा सो तथ्य रहेको उल्लेख गरेको हो ।

तस्करहरुलाई प्रतिकिलो सुनमा ४० हजार रुपैयाँ नाफा हुने गरेको पनि उल्लेख छ ।