गोरेले आत्मसमर्पण गर्न यस्तो पत्र लेखेका थिए ! - Himal Post Himal Post
  • ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
Logo

गोरेले आत्मसमर्पण गर्न यस्तो पत्र लेखेका थिए !



मंगलबार बिहान काठमाण्डुको गौरीघाटबाट पक्राउ परेका भनिएका चुडामणि उप्रेती आत्मसमर्पणका लागि नेपाल आएको खुलेको छ । उनले मावनअधिकारवादी संस्थालाई आफ्नो ज्यानको खतरा रहेकाले सुरक्षाको लागि आग्रह गरेको स्रोतले जानकारी दियो ।

३३ किलो सुन प्रकरणमा आफूलाई मात्रै दोष देखाउन विभिन्न पक्षहरु मिलेर आफ्नो ज्यानै लिनेसम्मको घटना घट्न सक्ने उनले आशंका गरेको स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार समितिसमक्ष पनि उनले आफू भरियामात्रै भएको बयान दिएका छन् । गोरेले मानव अधिकार संगठनका लागि लेखेको सहयोगपत्रमा आफूसँग भएका कुरा राख्ने वातावरण बनाइदिन आग्रह गरेका छन् ।

समितिले मंगलबार बिहान गौरीघाटबाट पक्राउ गरेको जानकारी पत्रकार सम्मेलनमा दिएको छ ।

यो पनि:

गोरेको बयान: म भरिया मात्र हो, म भन्दा माथि पनि धेरै छन !

उनी आत्मसमर्पणका लागि आएका बेला पक्राउ परेको हुन सक्ने आशंका गरिएको छ । मोरङ उर्लाबारी नगरपालिका ७ स्थायी घर भएका ३७ वर्षीया गोरे गौरीघाटमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको छानबिन समितिले दाबी गरेको छ ।

गोरेले ०७५ जेठ ३ गते नेपाल मानवअधिकार संगठनमार्फत् गोरेले जीवन रक्षासहित आत्मसमर्पण गरेको पत्र फेला परेको छ ।

उक्त पत्रमा लेखेका छन् ‘प्रस्तुत विषयमा हाल नेपालमा चर्चामा रहेको ३३ किलो सुन प्रकरणमा मलाई मात्र दोषी देखाई विभिन्न पक्ष व्यक्तिले मेरै ज्यान लिनेसम्मको घटना घटाई अनुसन्धानमा रहेको विषयमा आफ्ना कुरा राख्न समेत बञ्चित गराउने र दोष जति सबै मेरा थाप्लामा हाल्ने देखिएकोले म आफ्नो राय राख्न तथगा मसँग भएका प्रमाणहरु सम्बन्धित अदालत वा छानबिन समिति समक्ष राख्न चाहन्छु ।’