३३ किलो सुन प्रकरणमा संलग्न गोरेका भाइ पक्राउ - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

३३ किलो सुन प्रकरणमा संलग्न गोरेका भाइ पक्राउ



काठमाडौं- ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोप लागेका रमेश उप्रेती पक्राउ परेका छन्। उनी जेलमा रहेका मुख्य आरोपी चुडामणि उप्रेती ‘गोरे’का भाइ हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरसँगै गायव भएको ३३ किलो सुन काण्डमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको बताइएको छ ।

प्रहरी स्रोतका अनुसार उनलाई दुबईबाट ल्याइएको हो। यद्यपि, प्रहरीले भने उनी एयर अरेबियाको विमानमार्फत् काठमाडौं आउँदै गरेको सूचनाका आधारमा विमानस्थलबाट पक्राउ गरिएको दाबी गरेको छ।

२०७४ साल माघको पहिलो साता विमानस्थलबाट बाहिरिएको सुन गायव भएको थियो। सो प्रकरणमा गोरेको समूहले यातना दिँदा एक जनाको ज्यानसमेत गएको थियो।

उक्त घटनामा ६३ जनालाई प्रतिवादी बनाउँदै मोरङ अदालतमा मुद्दा दायर भएको थियो।