गोपाल पराजुली विरुद्ध प्रहरीमा उजुरी - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

गोपाल पराजुली विरुद्ध प्रहरीमा उजुरी



काठमाडौं– बिवादास्पद  निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुली विरुद्ध प्रहरीमा उजुरी परेको छ ।

गुल्मी इस्मा गाउँपालिकाका मदन भण्डारीले पराजुलीले नागरिकता तथा शैक्षिक प्रमाणपत्र सम्बन्धी अपराध गरेको उल्लेख गर्दै उनी विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका हुन्।

‘जाहेरी आएको छ, हामी बुझ्ने प्रक्रियामा छौं। त्यसपछि मात्रै दर्ता गर्ने/नगर्ने निर्णय गर्नेछौं’, महानगरीय प्रहरी परिसरले जानकारी दियो ।

प्रधानन्यायाधीशको कार्यकाल अनुचित रुपमा लम्ब्याउने चाहनाले पराजुलीले नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक-फरक जन्ममिति बनाएको जाहेरीमा भनिएको छ। यस्ता कार्यले न्यायाधीशमा हुनुपर्ने उच्च नैतिक चरित्रको क्षयीकरण भएको पनि जाहेरीमा उल्लेख गरिएको छ।