गोपाल खड्कालाई उन्मुक्ति दिन अख्तियारको चलखेल - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

गोपाल खड्कालाई उन्मुक्ति दिन अख्तियारको चलखेल



काठमाडौं – एक अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको नेपाल आयल निगम जग्गा खरिदमा संलग्न आरोपितलाई मुद्दा नचलाई उन्मुक्ति दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्र चलखेल सुरु भएको समाचार आजको नागरिक दैनिकले छापेको छ ।

समाचारमा लेखिएको छ, अख्तियारकै विस्तृत अनुसन्धानमा एक अर्ब रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गर्ने प्रतिवेदन तयार भइसकेको अवस्थामा अभियोगपत्र सच्चाएर मुद्दालाई तामेली मा राख्ने प्रयास सुरु गरिएको हो ।

यसैसाता राजीनामा दिएका निगमका कार्यकारी निर्देशक गोपाल खड्कालगायतलाई मुद्दा नचलाउने गरी फाइल तयार गर्न अख्तियार नेतृत्वले अनुसन्धान टोलीलाई निर्देशन दिएको छ ।