गोपाल खड्काको राजिनामा - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

गोपाल खड्काको राजिनामा



काठमाडौं : नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले राजिनामा दिएका छन्।

निगमको जग्गा खरिद गर्दा करिब ७५ करोड रुपैयाँ भ्रष्टाचार भएको भनेर विवादित बनेका उनले बिहीबार राजिनामाको घोषणा गरेका हुन्।

यसअघि कारवाहीका लागि आपूर्ति मन्त्रालयले बारम्बार सिफारिश गरे पनि शक्ति केन्द्रको सेटिङमा उनी पदमा रहँदै आएका थिए।

‘मिडियाकाे गलत प्रचारबाजीले पद छाेड्न बाध्य भएँ’, अापूर्ति मन्त्रालयमा अायाेजित पत्रकार सम्मेलनमा उनले भने। ६ महिना पदावधि बाँकी रहेकाे अवस्थामा पदबाट राजिनामा दिएका हुन्।