गोपाल खड्कालाई सरकारको पुरस्कार, आपूर्ति मन्त्रालय - Himal Post Himal Post
  • ११ श्रावण २०८३, सोमबार
  •      Mon Jul 27 2026
Logo

गोपाल खड्कालाई सरकारको पुरस्कार, आपूर्ति मन्त्रालय



काठमाडौं ।

निकै चर्चा र बिबादका बीच सरकारले बर्खास्त गरेका आयल निगमका तत्कालिन कार्यकारी निर्देशकलाई सरकारले नै पुरस्कारस्वरूप आपुर्ती मन्त्रालयमा तानेको छ ।

निर्वाचन आयोगले आपूर्ति मन्त्रालयले माग गरेअनुसार  गोपालबहादुर खड्कालाई उक्त मन्त्रालयमा सरुवाका लागि अनुमति दिएको छ ।

निगममा अनिमितता गरेको भन्दै सरकारले उनलाई पटबाट बर्खास्त गरेको थियो । तर, सर्वोच्च अदालतले उनलाई तत्काल पदबाट नहटाउन अन्तरिम आदेश दिएपछि खड्का पुनः काममा फर्केका थिए ।

आयोगको अनुमतिसँगै गोपाल खड्कालाई मन्त्रालयमा तानिने  भएको छ ।

“आपूर्ति मन्त्रालयले मिति २०७४।०६।२६ गतेको पत्रबाट नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई तोकिएको कार्य शर्तअनुसार कार्य सम्पन्न गरी प्रतिवेदन पेश गर्ने कार्यका लागि मन्त्रालयमा झिकाई काममा लगाउन भनी सहमति माग गरेकोमा आयोगको आचारसंहितासँग सम्बन्धित मिति २०७४।०६।३० को बैठकले सहमति प्रदान गर्ने निर्णय गरेको हो,” आयोगको निर्णयमा भनिएको छ ।