धरानमा गोली प्रहार - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

धरानमा गोली प्रहार



विराटनगर – जीवन विकास लघुवित्त वित्तीय संस्थाका कर्मचारी लुटिएका छन् ।

धरान उपमहानगरपालिका वडा नं ५ स्थित साउनेमा तीन जनाको समूहमा आएका लुटेराले आइतबार दिउँसो जीवन विकास लघुवित्त वित्तीय संस्थाका कर्मचारी शम्भु गच्छदारमाथि आक्रमण गरी चार लाख रूपैयाँ लुटेका छन्।  यसको जानकारी सो संस्ताका प्रबन्धक दामोदर रेग्मीले दिए ।

रेग्मीका अनुसार तीनवटा गोली चलेको थाहा भएको छ। उनले भने अनुसार गच्छदार लघुवित्तको समूह बैठक सकेर किस्ता रकम उठाई धरानस्थित कार्यालयतर्फ फर्किँदै थिए।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक(एसपी) राजन अधिकारीले घाइते कर्मचारीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जानकारी दिए । उनले गोली प्रहारको घटनामा अनुसन्धान भैरहेको पनि बताए।  इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेसहितको टोली घटनास्थल पुगेको छ ।

गोली प्रहारबाट घाइते भएका मोरङ धनपालथानका गच्छदारको शरीरका दुई भागमा चोट लागेको देखिएको प्रहरीले जनाएको छ । घटनापछि सुनसरी प्रहरीले धरान र आसपासको नाकामा कडाइ गरेको छ ।