गोली प्रहार गरि ९ लाख ५० हजार रुपैयाँ लुट्ने पक्राउ - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

गोली प्रहार गरि ९ लाख ५० हजार रुपैयाँ लुट्ने पक्राउ



धनगढी ,कैलाली ।
यहि जेठ १३ गते आइतबारको दिन कैलालीको धनगढी उपहानगरपालिका–१ मेनरोडमा गोली हानि ९ लाख ५० हजार रुपैयाँ लुटेर फरार रहेका दुई जना सोमबार काठमाडौंमा पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले गोंगबुबाट कञ्चनपुरको कृष्णपुर–९, पिपरियाका २३ वर्षीय कल्लु भनिने कालु राना र कैलालीको धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँका २८ वर्षीय राम प्रवेश रानालाई पक्राउ गरेको हो ।

जेठ १३ गते निर्मल कार्की लाई चौराहामा रहेको आइएमइबाट पैसा झिकेर बैंकमा राख्न जाने क्रममा गोली प्रहार गरि ९ लाख ५० हजार लुटेर फरार भएका थिए ।