गोली लागि घाइते भएका विप्लव कार्यकर्ता घिमिरेको मृत्यु - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

गोली लागि घाइते भएका विप्लव कार्यकर्ता घिमिरेको मृत्यु



भोजपुर। भोजपुरमा विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहानपछि घाइते भएका विप्लव कार्यकर्ता तिर्थराज घिमिरेको मृत्यु भएको छ । मंगलवार दिउँसो भोजपुर र खोटाङको सिमानामा पर्ने मैयुम क्षेत्रको धोत्रे भन्ने ठाउँमा प्रहरीले उनीमाथि गोली प्रहार गरेको थियो ।

प्रहरीको गोली प्रहारबाट षडानन्द नगरपालिका २ कुदाककाउलेक विप्लव कार्यकर्ता घिमिरे गम्भिर घाइते भएका थिए।

खुट्टामा गोली लागेको उनलाई थप उपचारको लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डव राजवंसीले बताए।