गोलि काण्ड: कैलालीमा विप्लव नेतृत्वको दुई कार्यकर्ता पक्राउ - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

गोलि काण्ड: कैलालीमा विप्लव नेतृत्वको दुई कार्यकर्ता पक्राउ



कैलाली । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुई जना कार्यकर्तालाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा विक्रान्त भनिने कृष्ण देउवा र राजकुमार चौधरी रहेका छन् । अलग अलग स्थानबाट पक्राउ परेका देउवा र चौधरी एउटै आपराधिक कार्यमा संलग्न रहेको प्रहरीको दाबी छ ।

उनीहरुलाई धनगढीमा भएको गोलीकाण्ड र रकम लुटपाटको घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ गरिरहेको छ ।eallnepal को सहयोगमा