काठमाडौंमा बिहानै गोली चल्यो, एक घाइते - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

काठमाडौंमा बिहानै गोली चल्यो, एक घाइते



काठमाडौँ:

एकाबिहानै काठमाडौँको लैनचौर नजिकै गोली चलेको छ। महानगरीय प्रहरी बृत लैनचौरले  गोली चलेको पुष्टि गरेका छ।

गोली कसले चलाएको भन्ने बारे अनुसन्धान भैरहेको प्रहरीले बतायो ।

एक राउण्ड गोली चलेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रविन्द्र धानुकले बताए । उनका अनुसार एक जनाको खुट्टामा गोली लागेको छ। गोली  लाग्नेका घाइतेको पहिचान हुन सकेको छैन। घाइतेलाई उपचारको लागि टिचिङ अस्पताल लगिएको छ

केही दिनअघि मात्र नयाँ बानेश्वरमा अज्ञात समूहको गोली प्रहारबाट निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको थियो।