दिपकराज गिरीले सीकेलाई लक्षित गर्दै भने : अब गोली हान्नुपर्छ ! - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

दिपकराज गिरीले सीकेलाई लक्षित गर्दै भने : अब गोली हान्नुपर्छ !



कलाकार दिपकराज गीरी सामाजिक सञ्जालमा खनिएका छन् । खासगरी सीके राउतको बिषयमा उनले कडा स्टाटस लेख्दै बिरोध जनाएका छन् ।

समसामयिक विषयहरुमा सामाजिक सञ्जालमा मुख खोल्न नहिच्कचाउने कलाकारको रुपमा पनि चिनिन्छन उनि । फेसबुकमा उनले लेख्ने स्टाटसहरुले ताली र गाली दुवै पाउने गर्छन् ।

दिपकले आज मात्रै सिके राउतलाई लक्ष्यित गरेर आज एउटा कडा स्टाटस लेखेका छन् । स्टाटसमा उनले देश विखण्डन गर्न चाहनेहरुलाई गोली ठोक्नुपर्ने बताएका छन् । दिपकले लेखेका छन्, ‘देशले अन्याय गरेको छ भने बोलिहाल्नुपर्छ । देशै मेरो होइन भन्नेलाई चाहिँ गोली हान्नुपर्छ ।’

सिके राउतले तीन दिन अगाडी सरकारसँग अब स्वतन्त्र मधेसको आन्दोलन त्याग्ने भनेर सम्झौता गरेका थिए । तर, सम्झौताको मसी सुक्न नपाउँदै उनको कार्यकर्ताले तर्राइमा स्वतन्त्र तराईको नारा लगाउन थालेका छन् र यसमा राउतकै मौन समर्थन देखिएको छ । यसैलाई लिएर दिपकले उक्त स्टाटस लेखेका हुन् ।