३३ किलो सुन काण्ड: अब कसको पालो ? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

३३ किलो सुन काण्ड: अब कसको पालो ?



काठमाडौं । ३३ किलो सुन तस्करीमा संलग्न देखिएका विमानस्थलका तत्कालिन एसएसपी श्यामबहादुर खत्री विहिबार मोरङ जिल्ला अदालतमा आत्मसमपर्ण गरेका छन् । तर श्याम खत्रीको सुन तस्करीमा संलग्नता यो पहिलो पटक भने होइन ।

यस अघि २०७३ साल केन्द्रीय अनुशन्धान व्युरो सिआइवीले विमानस्थलबाट नियन्त्रणमा लिएको साढे ३३ किलो सुन तस्करीमा समेत खत्रीको संलग्नता देखिएको थियो । सुन तस्करीको आरोपमा उनि विरुद्ध जिल्ला अदालत काठमाडौंमा परेको मुद्धा तत्कालीन न्यायधिस दीपेन्द्र अधिकारीको इजलाशाले २ लाख धरौटी वा जेथा धरौटी राखी छोड्न आदेश भएको थियो ।

धरौटीमा छुटेपछि प्रहरीमा पुर्नवहाली हुन नमिल्ने भएपछि खत्रीले पुन उच्च अदालत पाटनमा अदालती बन्दोबस्ती १७ नम्बर प्रयोग गरेर पुनरावेदन गरे । उच्च अदालतका तत्कालीन न्याधिसदोय भीमकुमार ओझा र बलभद्र वास्तोलाको इजलाशले जिल्ला अदालतको आदेशलाई बदर गर्दै खत्रीलाई साधारण तारिखमा छाड्ने आदेश दियो । अदालत र न्याय मुर्तीहरुसँगको सेटीङमै आएजस्तो देखिने उक्त फैसलाले खत्री पुर्नवहाली भए र सुन तस्करीलाई निरन्तरता दिइरहे ।

खत्रीसहित ३३ किलो सुन तस्करीका मालिक मध्य एम भनिएका मोहनकुमार अग्रवाल २०७० सालमा सिआइबीले नियन्त्रणमा लिएको ३५ किलो सुनका समेत मालिक भएको भन्दै सर्वोच्चमा परेको मुद्धामा सर्वोच्चले उनलाई साधारण तारेखमा रिहा गरेको थियो । साथै काठमाडौं जिल्ला अदालत त सफाइ नै दियो ।

पटक पटक सुन तस्करीमा संलग्न भएका व्यक्तिहरुलाई अदालतबाटै संरक्षण भएको देखिन्छ । यस्तै नजिरहरुका कारण अहिले मोरङ जिल्ला अदालतमा चलिरहेको ३३ किलो सुन तस्करी मुद्धामा समेत शंशकित हुने अवस्था छ ।

उता कोटेश्वरमा समातिएको ३५ किलो सुनको सुराकी दिनेलाई सुराकी दिए वाफत पाउने रकम अझै दिएको छैन् । सुराकीलाई दिईने रकम रोक्न गृह मन्त्रालय देखि अर्थ मन्त्रालय सम्म चलखेलहरु भए । चलखेल, सेटीङ, कनेक्सन, प्रहरी, टिआइए, भन्सार त तानिएला तर राजनीतिज्ञ र न्यायधिससम्म छिर्न सक्ने क्षमता गृहमन्त्रालयको यो छानबिन समितिले राख्ला ?