पार्टी र चुनावी क्षेत्रमा किन कमजोर देखिए गोकर्ण विष्ट ? - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

पार्टी र चुनावी क्षेत्रमा किन कमजोर देखिए गोकर्ण विष्ट ?



काठमाडौं- गुल्मी- १ बाट नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली प्रतिनिधि सभाको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस हुँदा गुल्मी-२ मा सचिव गोकर्ण विष्ट भने सर्वसम्मत हुन सकेनन् ।

गुल्मी- २ बाट विष्टसहित तीनजनाको नाम सिफारिस भएपछि एमालेको राजनितीमा विष्ट कमजोर भएको चर्चा चल्न थालेको छ । यसअघि पकड र मतका हिसाबले ज्ञवाली भन्दा बलिया देखिएका विष्ट अहिले कमजोर भएको आंकलन गरिएको छ ।

जिल्लामै पनि ज्ञवालीभन्दा विष्ट मजबुत भएको र चुनाव जित्नसक्ने चर्चा भैरहेका बेला उम्मेदवारी सिफारिसमा आफ्नै पार्टीका नेताहरूले विष्टलाई सर्वसम्मत हुन नदिएर फरक खालको संदेश दिन खोजेको स्थानीय नेताहरू बताउँछन् ।

क्षेत्र – २ मा विष्टका साथै प्रदेश कमिटी सदस्य राजेन्द्र अर्याल र शेषकान्त गौतमसहित तीनजना सिफारिस भए। उनैको क्षेत्रबाट एकीकृत समाजवादी पार्टीकी प्रभावशाली नेतृ रामकुमारी झाँक्री उठ्ने चर्चा छ ।

क्षेत्र- २ को ‘क’ प्रदेश सदस्य उमेदवारमा पार्टी सचिव गणेश श्रीपाली, रेसुङगा नगरपालिकाका पूर्वमेयर डिल्लीराज भुसाल र मुसिकोटका पूर्वमेयर सोमनाथ सापकोटा, पूर्वउपमेयर सीता भण्डारी, मुसिकोट नगरकमिटी अध्यक्ष प्रकाश काफ्ले सिफारिस भएका छन्।

प्रदेश ‘ख’ मा केन्द्रीय सदस्य दिनेश पन्थी अन्य नेताहरुमा जमुना पन्थी, सन्तोष लम्साल, खिमान्नद भण्डारी, लोकबहादुर खत्री र नारायण पोखरेल सिफारिस भएका छन्।