प्रचण्डमाथि खनिए गोकर्ण विष्ट - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

प्रचण्डमाथि खनिए गोकर्ण विष्ट



काठमाडौं- नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोएको सबै चिज समाप्त भएर जाने बताएका छन् । एमाले सूर्यविनायक नगरपालिकामा भएको कार्यक्रममा विष्टले प्रचण्डले जहाँ छोयो त्यहाँ समाप्त पार्ने भएकाले अब कांग्रेस पनि समाप्त पार्ने दावी गरे।

सूर्यविनायक नगरपालिका वडा नं. ५ कमिटीले बुधबार आयोजना गरेको विजय दशमी, दिपावली, नेपाल सम्वत, छठलागतयका पर्वहरुको शुभकामना कार्यक्रममा बोल्दै सचिव विष्टले प्रचण्डलाई विभिन्न आरोप लगाउँदै आफ्नो स्वार्थको लागि सति जाने गरेको बताएका छन्।

नेता विष्टले एमालेलाई सक्ने रणनीति सफल नभएपछि गठबन्धनको नाममा राजनीति गर्न खोजेको भन्दै आरोप लगाए । विष्टले यो गठबन्धन कायमै रहे अब कांग्रेस पनि नांगो रुख बन्ने ठोकुवा गरे।

‘एमालेलाई सक्ने रणनीतिमा सफल नभएपछि गठबन्धनको नाममा राजनीति गर्दै हुनुहुन्छ,’ उनको भनाइ छ, ‘यो गठबन्धन यही अवस्थामा रहयो भने प्रचण्डले कांग्रेसको रुखको पातलाई समेत हल्लाएर झारिदिनुहुन्छ। त्यसपछि पात विनाको नांगो रुख कांग्रेस बन्ने निश्चत छ ।’