गोकर्ण विष्ट चौथो पटक विजयी - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

गोकर्ण विष्ट चौथो पटक विजयी



गुल्मी क्षेत्र नम्बर २ नेकपा एमालेका सचिव गोकर्ण विष्ट चौथो पटक विजयी भएका छन्। सत्ता गठबन्धनविरुद्ध एक्लै लडेका विष्ट २ हजार मत बढी ल्याएर विजयी भएका हुन् ।

विष्टले सत्ता गठबन्धनबाट उठेकी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीलाई पराजित गरेका हुन्। झाँक्रीलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमोर्चाको समेत समर्थन रहेको थियो।

गुल्मीबाट गोकर्ण विष्ट चौथो पटक निर्वाचित भएका हुन्। विष्टले आफ्नै पूर्व सहकर्मी रामकुमारी झाँक्रीलाई पराजित गर्दै आफ्नो विरासत जोगाएका हुन्।

गुल्मी २ मा अन्तिम नतिजा सार्वजनिक हुँदा बिष्टले २८ हजार ४७६ मत ल्याए। उता रामकुमारी झाँक्रीले २६ हजार ४४२ मत पाएकी छन्। विष्ट २ हजार ३४ मतको अग्रतासहित विजयी भएका छन्।

२०५६ यता ५ वटा निर्वाचन लडेका विष्ट २०६४ मा पराजित भएका थिए। एमालेबाट विद्रोह गरी बनेको एकीकृत समाजवादीकी सचिव झाँक्रीले राम्रै टक्कर दिए पनि विष्ट नै विजयी भए।

विष्टसँगै संघको उम्मेदवारी दावेदार शेषकान्त गौतमले एमाले छाडेर झाँक्रीलाई साथ दिने घोषणासँगै गुल्मी २ मा ठूलै हलचल भएको थियो।