फेरि अनसन बस्दै डा. गोविन्द केसी - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

फेरि अनसन बस्दै डा. गोविन्द केसी



काठमाडौं। डा. गोविन्द केसीले विभिन्न माग राख्दै अनसन बस्ने चेतावनी दिएका छन्। पूर्वी रुकुमबाट एक विज्ञप्ती जारी गर्दै अनसनको चेतावनी दिएका हुन्। उनले खगेन्द्रप्रसाद अधिकारीलाई तत्काल सिटिइभिटीको उपाध्यक्षबाट बर्खास्त गर्न माग गरेका छन्।

विज्ञप्ती जारी गर्दै डा. केसीले अधिकारीलाई उपाध्यक्षबाट तत्काल बर्खास्त गर्नुपर्ने, बिपी प्रतिष्ठान धराका पदाधिकारीलाई बर्खास्त गरी आयोग बनाएर छानबिन शूरु गर्नुपर्ने माग गरेका हुन्। डा. केसीले विश्वविद्यालय र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिका लागि बनेका मापदण्ड कार्यान्वयन गर्ने र यसअघि भएका सहमति पनि कार्यान्वयन हुनुपर्ने माग राखेका छन्।

सार्वजनिक पदमा रहनेहरूको स्वार्थको द्वन्द्व रोक्नका लागि कानुन ल्याउने तथा विश्वविद्यालय र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिका लागि मापदण्ड कार्यान्वयन गर्नेलगायत यस अगाडि गरिएका सबै प्रतिबद्धताहरू पूरा गर्न माग गरिएको छ।