बाख्रा बलात्कार गर्ने युवक पक्राउ - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

बाख्रा बलात्कार गर्ने युवक पक्राउ



इलाम । बाख्रा करणी गरेको आरोपमा इलाममा एक पक्राउ परेका छन् ।

इलाम नगरपालिका ५ का २५ वर्षीय दिवस शिवाले छिमेकी कुमारी लिम्बूको गोठको बाख्रा करणी गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

बाख्रा कराएपछि बाहिर निस्केर हेर्दा शिवाले बाख्रा करणी गर्दै गरेको देखेपछि तत्काल प्रहरीलाई फोन गरेर पक्राउ गरिएको थियो ।

मादक पदार्थ सेवन गरेर शिवाले बाख्रालाई करणी गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शिवालाई तत्काल जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी आवश्यक अनुसन्धान थालेको जनाएको छ ।

शिवालाई पशु करणी गरेको ठहर भएमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवना हुने कानुनी व्यवस्था छ ।