अर्जेन्टिनाको पहिलो रोजाईका गोलरक्षक रोमेरोले रुस विश्वकप फुटबल गुमाउने - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

अर्जेन्टिनाको पहिलो रोजाईका गोलरक्षक रोमेरोले रुस विश्वकप फुटबल गुमाउने



एजेन्सी । अर्जेन्टिनाको पहिलो रोजाईका गोलरक्षक सर्जियो रोमेरोले रुस विश्वकप फुटबल गुमाउने भएका छन् । अर्जेन्टिनाको २३ सदस्यीय टोलीमा परेका गोलरक्षक रोमेरो घुँडाको चोटको कारण विश्वकप बाहिर रहने भएका हुन् ।

अर्जेन्टिना फुटबल फेडेरेसनले रोमेरोले दाहिने घुँडामा चोट बोकेको कारण विश्वकप गुमाउने बताएको छ । इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडका गोलरक्षक रोमेरोको घुँडाको शल्यक्रिया गर्नु पर्ने देखिएको बताइएको छ ।

३१ वर्षीय रोमेरोले अर्जेन्टिनाको जर्सीमा ९४ क्याप जितेका थिए । रोमेरो सन् २०१४ को विश्वकपमा अर्जेन्टिनाका पहिलो रोजाईका गोलरक्षक थिए । तर, फाइनलमा अर्जेन्टिना जर्मनीसँग १ – ० ले पराजित भएको थियो ।

ad ad
रोमेरो घाइते भएसँगै रुस विश्वकपमा अर्जेन्टिनाको गोलपोस्ट विलि कबाल्लेरो र फ्रान्स्को अर्मानीमध्ये एक खेलाडीले सम्हाल्ने छन् । अर्जेन्टिनाले रोमेरोसँगै कबाल्लेरो र अर्मानीलाई रिजर्भ खेलाडीको रुपमा टोलीमा राखेको थियो ।

आगामी जेठ ३१ गतेबाट सुरु हुने विश्वकपमा अर्जेन्टिना समूह डी मा रहेको छ । अर्जेन्टिनाले समूह चरणमा क्रोएसिया, नाइजेरिया आइल्याण्डसँग खेल्ने छन् ।