‘गो ब्याक ईन्डिया’ भन्दै सुखडमा यसरी गरियो विरोध प्रदर्शन (फोटो फिचर)
विशाल पाण्डेय/सुखड,कैलाली
भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भूमी राखिएको बिरोधमा कैलालीको सुखडमा पनि प्रर्दशन गरिएको छ ।

स्वतन्त्र विद्यार्थी युनियन घोडाघोडी बुहमुखी क्याम्पसको आयोजनामा नेपालको भुमि फिर्ता गर्न माग गर्दै शुक्रबार बिरोध प्रदर्शन गरिएको हो । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा कालापानी, लिपुलेक र लिम्पीयाधुरा क्षेत्रलाई आफ्नो नक्सामा प्रकाशीत गरेको विरोधमा कैलालीको विभिन्न ठाउँमा प्रदर्शन चलिरहेको छ ।

भारतिय विस्तारवाद मुर्दावाद, सिमा मिच्न पाईदैन् ,लिपु लेख हाम्रो हो ,कालापानी हाम्रो हो , ‘गो ब्याक इन्डिया’ जस्ता नारा सहित घोडाघोडी बुहमुखी क्याम्पसका विद्यार्थीहरुले विरोध र्याली गरेका थिए । घोडाघोडी नगरपालिकाको कार्यालयसम्मको विरोध र्याली पश्चात विद्यार्थीहरुले सुखड चोकमा कोण सभाको आयोजना गरेका थिए।

कोण सभालाई सम्बोधन गर्दै घोडाघोडी बुहमुखी क्याम्पसका स्ववियु सभापति जीवन बिसी र अनेरास्ववियुका केन्द्रिय सदस्य खगेन्द्र हमालले भारतले तत्काल नक्सा नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिए ।



