अब जिमेलबाट मेल गर्न झनै सजिलो, नयाँ फिचर यस्तो छ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अब जिमेलबाट मेल गर्न झनै सजिलो, नयाँ फिचर यस्तो छ



एजेन्सी /अहिलेसम्म लोकप्रिय छबी बनाएको गुगलले मंगलबार गुगल आई/ओ २०१८ मा जिमेलमा स्मार्ट कम्पोज नामको नयाँ फिचर लागू गर्ने घोषणा गरेको छ ।

नयाँ फिचरको साथमा जिमेलमा अब नयाँ इमेल कम्पोज गर्दा शब्द वा वाक्यको सुझावका लागि एआई (आर्टिफिशियल इन्टेलिजेन्स) र मेसिन लर्निङको प्रयोग गरिनेछ । जस्तै तपाईं मेल पठाउन टाइपिङ सुरु गर्दा तपाईंले सजेशन पाउन थाल्नुहुन्छ । स्मार्ट कम्पोज फिचर केही हप्ताभित्र सबै प्रयोगकर्ताका लागि रोल आउट गरिने बताइएको छ ।

गुगलका मुख्य कार्यकारी अधिकारी सुन्दर पिचाइले क्यालिफोर्नियामा आयोजित कम्पनीको वार्षीक आइ/ओ डेभलपर कम्फरेन्समा जिमेलमा इमेल कम्पोज गर्नेबोला एआई इन्कर्पोरेशनको घोषणा गरे । स्मार्ट कम्पोजमार्फत प्रयोगकर्ताका लागि पहिलेको तुलनामा इमेल पठाउन र ड्राफ्ट गर्न थप सहज र तेज हुने उनले बताए । जिमेलले तपाईंको इमेलको विषयलाई कन्टेन्टको रुपमा लिनेछ । यदि तपाईंलाई कुनै सजेशन प्रयोग गर्न लायक छैन जस्तो लाग्छ भने ट्याब बटन दबाउन सक्नुहुन्छ ।

नयाँ जिमेल स्मार्ट कम्पोज फिचर प्रयोग गर्नका लागि प्रयोगकर्ताले Settings > Try the new Gmail मा जानुपर्छ । त्यसपछि Settings > General and enable Experimental जानुपर्छ ।

स्मरण रहोस्, एक महिना अघि मात्र जिमेलको डेस्कटप र मोबाइल प्लेटफर्ममा ठूला परिवर्तन गरिएको थियो । यसमा एआई बेस्ड–फिचर्स जस्तै स्मार्ट रिप्लाई, इमेल स्नूजिंग र नजिंगजस्ता फिचर जारी गरिएका थिए ।