ग्लोबल आइएमई बैकको कार्डबाट भारतको अस्पतालमा छुट - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

ग्लोबल आइएमई बैकको कार्डबाट भारतको अस्पतालमा छुट



नयाँ दिल्ली  । ग्लोबल आइएमई बैंक लि. र भारत स्थित इन्द्रप्रस्थ अपोलो अन्तराष्ट्रिय अस्पताल बीच विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई भारतमा गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको जनाएको छ । उक्त सम्भौतापत्रमा बैंकका तर्फबाट भारतस्थित सम्पर्क  कार्यालयका प्रमुख ज्वाला शर्मा र अस्पतालको तर्फबाट कार्यकारी निर्देशक अशोक बाजपाईबीच हस्ताक्षर भएको हो  ।

अधिकांश नेपालीहरु उपचारका लागि भारतका विभिन्न अस्पतालहरुमा जाने हुँदा बैंकले आफ्ना ग्राहकलाई भारत स्थित अपोलो अस्पतालसंग सम्झौता गरेको जानकारी दिएको छ ।

सम्झौता पश्चात उक्त अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट/क्रेडिट कार्ड लिएका बैैंकका ग्राहक एवं कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा ५ देखि १० प्रतिशत सम्म छुट पाउने छन् ।