गोली लागि घाइते निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको मृत्यु - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

गोली लागि घाइते निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको मृत्यु



काठमाडौंः काठमाडौंको शान्तिनगरस्थित खरीबोट चाेकमा गोली लागेर गम्भीर घाइते भएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ ।

गोली लाग्नासाथ मिनभवनस्थित सिभिल अस्पताल पुर्याइएका गौचनको बाटोमै मृत्यु भइसकेको चिकित्सकले जनाएका छन् ।

अस्पतालका डा. विमल थापाका अनुसार गौचनलाई अस्पताल पुर्याउँदा उनको श्वासप्रश्वास बन्द भइसकेको थियो ।

डाँफे कन्ट्रक्सनका प्रबन्ध निर्देशकसमेत रहेका गौचनको मृत्यु भइसकेको प्रहरीलेसमेत पुष्टि गरेको छ । प्रहरीका अनुसार गौचनलाई खरिबोट चोकमा मोटरसाइकलमा आएका दुई जनामध्ये एक जनाले पेस्तोलबाट गोली प्रहार गरेका थिए ।

गौचनको टाउको, बायाँ कोख र छातीमा तीन गोली लागेको थियो । मोटरसाइकलमा आएका दुई व्यक्तिले गौचन चढेको गाडीमा इट्टा प्रहार गरेको र गाडीबाट झरेपछि गोली प्रहार गरी भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

गोली चलेको खबर पाउनासाथ प्रहरी अनुसन्धानमा जुटेको छ ।