गिद्ध संरक्षणमा जुट्दै बाजुराका युवा  - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

गिद्ध संरक्षणमा जुट्दै बाजुराका युवा 



बाजुरा । बाजुराको हिमालि गाउँपालिका ६ बोल्डीकका युवाहरु गिद्ध संरक्षण मा जुटेका छन् । केही दिन अघी हिमालि गाउँपालिका वडा नं ६ को बोल्ढीकमा एक घाइते गिद्ध भेटीएपछि स्थानिय प्रमानन्द पाण्डे, विष्णुराम पाण्डे र मन्नाम सार्की लगाएतका युवाहरुले घाइते अवस्थामा भेटिएको गिद्धको घरेलु उपचार गरेका हुन ।

गाउँमा काम गर्न जादा स्थानिय यूवाहरुले सिकिस्त विरामी भएको गिद्ध जंगलमा भेटाए पछि घरमा ल्याएर उपचार गरीरहेको र घरमै पालन पोषण समेत गरेको प्रमानन्द पाण्डेले बताएका छन । विरामि गिद्धलाइ हाल घरमै स्याहार गरीरहेको र निको भए पछि छोडीदिने समेत बताउनु भएको छ । रेडीयो लगायत गाउँ बिद्यालयहरुमा संरक्षणका अभियान संचालन गरेपछी युवाहरु संरक्षण गर्न जुटेका स्थानियले बताएका छन ।

प्रकृतिको कुचीकारका रुपमा चिनीने गिद्ध पछिल्लो समय लोभ हुदै गएको भन्दै मध्यपश्चिम विस्वविद्यालयका उपप्रध्यापन गंगा शाह र पत्रकार तथा गिद्ध संरक्षण अभियान्ता लक्ष्मीराज पाध्याय लगाएतका अनुसन्धान कर्ताहरुले बाजुरामा विभिन्न कार्यक्रम संचालन गर्दै आएका छन् ।

गिद्ध संरक्षण अभियान्ता लक्ष्मीराज पाध्याका अनुसार बाजुरा जिल्लामा ४ प्रजातीका रैथाने गिद्ध पाएको बताए । बाजुरामा पाईने गिद्धहरुमा हिमाली गिद्ध, सुन गिद्ध, सेतो गिद्ध र हाडफोर गिद्ध गरी चार प्रजातीका गिद्ध भेटीने गरेको अभियान्ता पाध्यायले बताए । तर पछिल्लो समय जिल्लामा सिनोहरु गाड्न थालेपछी गिद्धहरु लोप हुदै गएको मध्यपश्चिम विस्वविद्यालयका उपप्रध्यापक तथा गिद्ध अनुुान्धानकर्ता गंगा शाहले बताए । जिल्लामा केहि बर्ष पहिले डाईनोफोलीक्स नामक औषधी प्रयोग गरेर धेरै गिद्धको लोप भए पनी पछिल्ला बर्षहरुमा सिनो नपाउने र आहाराको कमीले लोप हुदै गएको मध्यपश्चिम विस्वविद्यालयका उपप्रध्यापक तथा गिद्ध अनुुान्धानकर्ता गंगा शाहले बताए ।

हाल संरक्षणका लागी जिल्लाका बिभिन्न माद्यामीक बिद्यालयहरुमा संरक्षणका अभियान संचालन भइरहेका छन ।