टोले गुण्डाजस्तै हप्ता उठाउने ट्राफिक प्रहरी

काठमाडौँ – बारा जिल्लामा ट्राफिक प्रहरीले ट्रकहरूसँग ५० देखि १०० रुपियाँसम्म घुस लिने गरेको रहस्य बाहिर आएको छ।
पूर्वपश्चिम महेन्द्र राजमार्गको पथलैयामा रहेको ट्राफिक प्रहरीले महेन्द्र राजमार्गमा बिट राखेर सयौँ ट्रकहरूसँग घुसको पैसा उठाउने गरेको छ। यसबारे पीडितहरूले लामो समयदेखि गुनासो गर्दै आएका थिए।
पथलैयाका ट्राफिक प्रहरीका निरीक्षक रिपेन्द्र सिंहले असईलाई बिटमा राखेर ५० देखि १०० रुपियाँ सङ्कलन गरेको भिडियो ‘सिधा कुरा जनतासँग’ टेलिभिजन देखाइएको छ।

५० देखि १०० सय रुपियाँसम्म घुस उठाइरहेको भिडियो खिच्ने पत्रकारलाई समेत निरीक्षक सिंहले अपशब्द बोल्नुका साथै भिडियो र मोबाइल खोस्न खोजेका थिए।
निरीक्षक सिंहले इन्चार्ज बनेर आएपछि ट्रकहरूबाट पैसा उठाउने कार्यलाई तीव्र बनाएको आरोप छ।
ट्राफिक प्रहरीले ५० देखि १०० रुपियाँसम्म चियाखान माग्ने गरेपछि दिने गरेको ट्रकका चालक र सहचालकहरूले बताएका छन्। पैसा नदिने ट्रकहरूलाई ट्रफिक प्रहरीले दुःख दिएर हैरान बनाउने गरेको पीडितहरूको भनाइ छ।
रु ५० देखि १०० सम्म उठाउँदा एकै दिन पचास हजारसम्म सङ्कलन हुने गरेको छ।

