२५ हजार घुससहित वडाअध्यक्ष रङ्गेहात पक्राउ

काठमाडौं -सप्तरीको सुरूंगा नगरपालिका वडा नम्बर ५का वडा अध्यक्ष घुससहित पक्राउ परेका छन्।
वडा अध्यक्ष सिल्टु मियाँले मोहीयानी जग्गा छुटाउने सिफारिस गर्ने सेवाग्रहीसँग लिएको २५ हजार रूपैयाँ घुससहित अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरी कार्यालयको टोलीले पक्राउ गरेको हो।
मियाँले आफ्नो जिम्मेवारी र पदीय दायित्वसमेतको ख्याल नगरी बद्नियतपूर्वक मोहियानी जग्गा र रकमको वार्गेनिङ गरी नियमानुसार गर्नुपर्ने काममा समेत घुस रिसवत दिन बाध्य पारेको अख्तियारले जनाएको छ।
उनीविरूद्ध सोमबार काठमाडौंको विषेश अदालतमा भ्रष्टाचार निवारण ऐन २०५९को दफा (३) को उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजाय हुन माग गरी मुद्दा दायर भएको अख्तियारले जनाएको छ।

