भूकम्प पीडितको अनुदानमा घुस लिने सब इञ्जिनियर पक्राउ - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

भूकम्प पीडितको अनुदानमा घुस लिने सब इञ्जिनियर पक्राउ



भदौ ११, काठमाडौँ

भूकम्प पीडितलाई घर निर्माणको लागि प्रदान गरिने अनुदान रकमको भुक्तानी दिने क्रममा घुस लिने सब इञ्जिनियर पक्राउ परेका छन् । भूकम्पपीडितलाई अनुदान रकम सिफारिस गरेवापत सेवाग्राहीसँग घुस लिएको आरोपमा पालुङ्टार नगरपालिका, गोरखामा कार्यरत सब इन्जिनियर सुनिल देवकोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार पक्राउ गरेको छ ।

अख्तियारबाट प्राप्त जानकारी अनुसार देवकोटाले दोस्रो कित्ताको रकम भुक्तानी दिने क्रममा सेवाग्राहीबाट २५ हजार रुपैयाँ घूस लिएको आरोप लगाइएको छ । पालुङ्टार नगरपालिका वडा नम्बर ५ स्थित विनिता होटलबाट घुस रकमसहित देवकोटालाई पक्राउ गरिएको अख्तियारले बताएको छ । घुस रकम बारे थप अनुसन्धान भइरहेको अख्तियारले बताएको छ ।