घूस लिँदालिँदै जिल्ला शिक्षा समन्वय इकाइका अधिकारी समातिए - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

घूस लिँदालिँदै जिल्ला शिक्षा समन्वय इकाइका अधिकारी समातिए



सुनसरी। जिल्ला शिक्षा समन्वय इकाइ सुनसरीका शिक्षा अधिकारी खगेन्द्रप्रसाद सुवेदी ५० हजार रुपैयाँ घूससहित पक्राउ परेका छन्। बुधबार बिहान उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय इटहरीको टोलीले घूस रकमसहित रंगेहात पक्राउ गरेको हो।

सुनसरीको भण्टाबारीमा रहेको श्री आधारभूत विद्यालयको ट्वाइलेट र पर्खाल निर्माण लगायतको योजना पारिदिने भन्दै रकम लिँदालिँदै उनलाई पक्राउ गरिएको अख्तियार इटहरीका प्रवक्ता रमेशराज दंगालले जानकारी दिए।

सुवेदीलाइ घुस रकम जिल्ला सदरमुकाम इनरुवास्थित उनकै सरकारी निवासबाट पक्राउ गरिएको दंगालले बताए। सुवेदीलाई थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा ल्याएर अनुसन्धान थालिएको दंगालले जानकारी दिए।