पदक पाएका कम्युनिस्ट कर्मचारी घुस सहित रगेंहात पक्राउ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

पदक पाएका कम्युनिस्ट कर्मचारी घुस सहित रगेंहात पक्राउ



काठमाडौं। निजामती सेवामार्फत् राष्ट्रलाई विशिष्ट योगदान गरे वाफत यस वर्ष सरकारबाट प्रवल जनसेवा श्री (चतुर्थ श्रेणी) पदक पाएका एक ‘इमान्दार’ कम्युनिस्ट कर्मचारी नेता घुस सहित रगेंहात पक्राउ परेका छन्। नेपाल कम्युनिस्ट पार्टीसँग निकट कर्मचारी नेता कैलाश मातक्षे श्रेष्ठ घुस सहित रगेंहात पक्राउ परेका हुन्।

उनीमाथि अख्यितार दुरुपयोग अनसन्धान आयोगले आइतर विशेष अदालतमा मुद्धा दायार गरेको छ। अख्तियार अनुसार विगो बमोजिम जरिमाना र कैद सजाय गर्न माग राख्दै अख्तियारले अदालतमा मुद्धा दायर गरेको हो।

गत फागुन २ मा लेनदेन सम्बन्धी उजुरीमा मुद्धा मिलाइदिने भन्दै सेवा ग्राहीसँग २५ हजार घुस लिइरहेको बेला उनलाई अख्यितारको एउटा टोलीले रगेंहात पक्राउ गरेको थियो। संविधान दिवसको अवसरमा २०७५ असोज ३ मा गृहमन्त्रालयको सिफारिशमा उनलाई सरकारले प्रवल जनसेवा श्री (चतुर्थ श्रेणी)पदक दिने घोषणा गरेको थियो।

रगेंहात पक्राउ परेको बेला उनी जिल्ला प्रशासन कार्यालय भक्तपुरमा शाखा अधिकृत पदमा कार्यरत थिए। जनसेवा श्री (चतुर्थ श्रेणी) पदक पाउनेहरूको नाम गृह मन्त्रालयको वेइभसाइटमा समेत राखिएको छ। वेइभसाइटमा १सय ३५औ स्थानमा उनको नाम राखिएको छ।

वेइभसाइटमा उनको नाम अहिले पनि हेर्न सकिन्छ। श्रेष्ठलाई पदकबाट विभुषित गर्न भने बाँकि नै छ। पदक पाउने श्रेष्ठ कर्मचारी नेता पनि हुन। उनी सत्तारुढ पार्टी निकट नेपाल कम्यनिस्ट पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनको गृहमन्त्रालय विभागको विभागीय अध्यक्ष पनि हुन।

तत्कालिन एमाले र माओवादीवीच पार्टी एकीकरण भए पनि दुइ कर्मचारी संगठनहरुवीच भने अझै एकता हुन सकेको छैन्। श्रेष्ठ तत्कालिन एमाले निकट नेपाल निजामती कर्मचारी संगठनमा आबद्ध छन्। स्रोतका अनुसार कर्मचारी संगठनको सिफारिशमा उनलाई पदक दिइएको थियो। श्रेष्ठलाई पदक दिलाउन गृह सचिवले पनि चासो राखेको स्रोतको भनाइ छ। संविधान दिवसको अवसरमा पदक पाएकाहरुलाई राष्ट्रपतिबाट पदक विभुषण गर्ने चलन छ। श्रेष्ठले भने पदक लिन नपाउँदै बिहीबार घुस सहित रगेंहात पक्राउ परेका हुन।

अख्यितारले फागुन २मा जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठले जिल्ला प्रशासन कार्यालयमा परेको लेनदेन सम्बन्धी उजुरी मिलाईदिने भनी विभिन्न बहानामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिई गएको टोलीले निज प्रशासकिय अधिकृत कैलाश मातक्षे श्रेष्ठलाई सेवाग्राहीसँग रू.२५,,०००।– (पच्चिस हजार) घुसबापतको रकम लिईसकेको अवस्थामा जिल्ला भक्तपुर दरवार स्क्वायर नजिक स्विट होम रेष्टुरेन्ट एण्ड क्याफेबाट नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको छ ’ भनिएको छ।