सिडिओ कार्यालयमै ५० हजार घुससहित अधिकृत समातिए - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

सिडिओ कार्यालयमै ५० हजार घुससहित अधिकृत समातिए



काठमाडौं– जिल्लामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत प्रतिनिधि रहेका सिडिओ कार्यालयकै कर्मचारी घुससहित पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आयोगले बुधबार ‘स्टिङ अप्रेसन’ गरी एक अधिकृतलाई घुससहित पक्राउ गरेको छ।

अख्तियारको क्षेत्रीय कार्यालय बर्दिबाट खटिएको प्रहरी टोलीले प्रशासकिय अधिकृत सुरेश कुमार दासलाई ५० हजार घुससहित पक्राउ गरेको हो।

एक खाद्य व्यापारीसँग दासले घुस लिएका हुन्। कालोबजारी मुद्दा चलाउने भन्दै धम्काएर पैसा लिएका हुन्। पैसा लिन उनी निजी गाडीमा मलगंवास्थित जिल्ला अदालत अगाडि पुगेका थिए। पैसा लिएलगत्तै आयोगले उनलाई पक्राउ गरेको हो।