दाङको घोराहीमा पनि भारत बिरोध प्रदर्शन
दाङ- भारतीय पक्षले गरेको सीमा अतिक्रमण विरुद्ध दाङको घोराहीमा पनि प्रदर्शन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को आयोजनामा विरोध कार्यक्रम भएको बताइएको छ।
भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग समेटेको विरोधमा केहिदिन देखि देशभर नै भारत र भारतको रवैयाबारे प्रदर्शन भइरहेको छ । यसै सिलसिलामा घोराहीमा पनि सोमबार प्रदर्शन गरिएको हो ।
लिपुलेक हाम्रो हो, भारतीय विस्तारवाद कालापानी छोड, दलाल संसदीय व्यवस्था मुर्दावाद जस्ता नारा लेखिएका ब्यानर लिएर अहिले घोराहीमा प्रदर्शन भइरहेको जनाइएको छ ।