घोडाघोडी - ९ मा आगलागी हुँदा घर जलेर नष्ट - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

घोडाघोडी – ९ मा आगलागी हुँदा घर जलेर नष्ट



आगलागीबाट ८७,८०० बराबरको क्षति

श्री धर चौधरी

खल्लाखेत,कैलाली  । कैलालीको घोडाघोडी नगरपालिका ०९ खल्लाखेतमा रहेको चन्द्र वि क को घरमा शुक्रबार विहान आगलागी भएको छ ।

विहान करिब साढे आठ बजेको समयमा स सना केटाकेटी घरको भान्सामा खाना पकाउने क्रममा आगलागी भएको स्थानीय सन्त वि क ले बताएका छन् । आगलागीबाट ८७,८०० सतासी हजार आठ सय बराबरको क्षति भएको छ भने कुनै मानवीय क्षति नभएको पहलमानपुर प्रहरी चौकीका इन्चार्ज राम दत्त भट्टले जानकारी दिनुभएको छ  ।

आगलागीबाट घरमा रहेको धान, चामल, गहु लगायतका सबै खाद्धयन्न सामाग्री , लत्ता कपडा जलेर नष्ट भएका छन् भने घर पनि जलेर पुर्ण रूपमा क्षति भएको छ ।

आगलागीमा भएको क्षतिपुर्तिका लागि घोडाघोडी नगरपालिका ०९ को वडा अध्यक्ष कृष्णा बहादुर शाहीको उपस्थितिमा पहलमानपुर प्रहरी चौकीका ईन्चार्ज राम दत्त भट्ट ले मुचुल्का समेत आजै दर्ता गरिसक्नु भएको छ ।

एक घण्टाको निरन्तर प्रयास पश्चात् नजिकै रहेको कालिका मा वि का शिक्षक,विद्यार्थी , स्थानीय बासीको हातेमालो र साथ सहयोगमा तिब्र लहरको आगोलाई नियन्त्रनमा लिइएको थियो ।