घोडाघोडीमा अन्तर्राष्ट्रिय युवा दिवस मनाईँदै

विशाल पाण्डेय / घोडाघोडी ।
कैलालीको घोडाघोडी नगरपालिकामा २० औं अन्तराष्ट्रिय युवा दिवस मनाइने भएको छ । घोडाघोडी नगर स्तरीय यूवा संजालको आयोजनामा श्रावण २७ गते युवा दिवस मनाउन लागिएको शनिबार पत्रकारहरुसंग कुराकानी गर्दै जानकारी दिइएको छ ।
कार्यक्रममा बिभिन्न सांस्कृतीक झलक, यूवा जागरण सम्बन्धी नाटक संगै “सभ्य समाज निर्माणमा यूवाको भुमिका” बिषयक बक्तृत्वकला प्रतियोगिता समेत हुने
घोडाघोडी नगर स्तरीय यूवा संजालका अध्यक्ष शंकर डगौराले जानकारी दिए ।
२७ गते बिहान प्रभात फेरी र सरसफाईसंगै सुखडको हेलिप्याडमा अन्य कार्यक्रमहरु संचालन हुने सञ्जालका अध्यक्ष डगौराले जानकारी दिए । डगौराले कार्यक्रममा अन्तर विद्यालय तथा खुल्ला गरी दुई चरणमा बक्तृत्वकला प्रतियोगिता संचालन हुने बताए । विद्यालयबाट सहभागी हुन चाहनेले विद्यालयको सिफारीस र खुल्ला तर्फ सहभागी हुन चाहनेले सम्बन्धीत वडा कार्यालयको सिफारीस सहित कार्यक्रममा सहभागी हुन सकिने डगौराले बताए ।
यूवा दिवस मार्फत यूवाको भुमिका तथा दायित्व बोध गराई समुदायका हरेक बिकास निर्माणका काममा चासो दिदै भ्रष्टचार न्युनिकरणमा जोड दिने आफ्नो लक्ष्य रहेको सञ्जालका सचिव जनार्दन उपाध्यायले जानकारी दिए ।
एक विद्यालयबाट छात्र र छात्रा गरी २ जना सहभागी हुनु पर्ने भएकाले नगरमा रहेका सम्पुर्ण माध्यामीक तहका विद्यालयबाट विद्यार्थीहरुलाई सिरफारिसका साथ सहभागी गराईदिन समेत सञ्जालले आग्रह गरेको छ । यूवा दिवसका दिन नगरका ७ सय यूवाको जमघट हुने आयोजकले अनुमान गरेको छ । फाइल तस्वीर :

