घोडाघोडीको विभिन्न स्थानबाट अवैध पेट्रोल बरामद - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

घोडाघोडीको विभिन्न स्थानबाट अवैध पेट्रोल बरामद



विशाल पाण्डेय / सुखड,कैलाली ।

कैलालीको घोडाघोडी नगरपलिकाको नगर क्षेत्रका विभिन्न स्थानमा अवैध तरिकाले बोतलमा बेच्न राखिएको खुल्ला पेट्रोल बरामद गरिएको छ ।

बुधबार बिहान गस्तिमा गएको इलाका प्रहरी कार्यलय सुखडको टोलीले अवैध रुपमा बेच्न राखिएको करिब १७० लिटर पेट्रोल बरामद गरेको हो ।

नगरपालिकाको १,२,३,७,११ र १२ नं वडाबाट बढी मुल्यमा बिक्रि गर्न राखिएको अबैध पेट्रोलका जर्किङ र बोतल नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय  सुखडका प्रमुख यक्ष राज जोशीले हिमाल पोस्टलाई जानकारी दिए ।

अहिले पहिलो चोटी अवैधरुपमा बोतलमा पेट्रोल बेच्नेहरुलाई आईन्दा नबेच्न भनी सम्झाई बुझाई पठाएको दोस्रो पटक दोहरिए उनीहरुलाई कारर्वाही गरिने इलाका प्रहरी कार्यलय सुखडका प्रमुख जोशीले बताए । फाइल तस्बिर :