घोडाघोडीमा लागु औषध चरेश सहित २ जना पक्राउ
विशाल पाण्डेय / सुखड,कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिका -२ साडेपानी बजारबाट अबैध रुपमा लागू औषध चरेस सहित दुई जना रंगेहात पक्राउ परेका छन् ।
अस्थायी प्रहरी कार्यालय साडेपानीको टोलिले आज दिउँसो करिब ३:३० बजे साडेपानी बजारमा रहेको एक पसलमा बिक्री गरिरहेको अवस्थामा ८९० ग्राम लागु औषध चरेस सहित दुई जना रंगेहात पक्राउ गरिएको अस्थायी प्रहरी पोस्ट साडेपानीका प्रहरी नायव निरीक्षक शंकर पन्तले जानकारी दिनु भयो ।
पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका -२ कि १९ वर्षिया राधा कटुवाल र गौरिगंगा नगरपालिका -३ का २३ वर्षिय अर्जुन बोगटी रहेको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्षराज जोशिले हिमाल पोस्टलाई जानकारी दिनु भयो ।
जोशिका अनुसार , राधा कटुवालले आफ्नो पसलमा अर्जुन बोगटीलाई लागू औसध चरेस बिक्रि गर्ने क्रममा गोप्य सुचनाको आधारमा अस्थायी प्रहरी पोस्ट साडेपानीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुइजना ईलाका प्रहरी कार्यालय सुखडको नियन्त्रणमा रहेका छन् । पक्राउ परेका २ जनालाई कानुन अनुसार कारबाही गरिने प्रहरी निरीक्षक यक्षराज जोशिले
बताउनु भयो ।
पछिल्लो समय घोडाघोडी नगर क्षेत्रमा लागू औषध कारोबार मौलाउदै गएपछि प्रहरीले सुरक्षा ब्यवस्था कडा पारेको छ ।