घोडाघोडीमा व्यक्तित्व विकास तथा उद्घोषण तालिम सम्पन्न  - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

घोडाघोडीमा व्यक्तित्व विकास तथा उद्घोषण तालिम सम्पन्न 



सुखड,कैैैलाली । कैलालीको घोडाघोडी नगरपालिका- १ सुखडमा ५ दिने व्यक्तित्व विकास तथा उद्घोषण तालिम मंगलबार सम्पन्न भएको छ ।

कैलाली जिल्ला फुटबल संघ र मर्सी कोर संस्थाको आर्थिक सहयोग तथा घोडाघोडी युवा क्वलको आयोजनामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापा रहनु भएको थियो । प्रमुख अथितिको आसनबाट बोल्दै उप प्रमुख थापाले ५ दिनको तालिम बाट सिकेको कुरा व्यवहारमा उर्तान सहभागीहरुलाई आग्रह गर्नु भयो । व्यक्तित्व विकास हरेक क्षेत्रमा आवश्यक हुने हुदा तालिममा सिकेका कुरा व्यवहारमा उतार्न सके मात्र तालिम लिनुको औचित्व रहने उहाले बताउनु भयो ।

घोडाघोडी युवा क्वलका सचिब ओम आचार्यको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बिशिस्ट अथिती  घोडाघोडी नगरपालिका वडा नं १ का वडाध्यक्ष मनराज शाही,नेपाल पत्रकार महासंघ सुदुर पश्चिम प्रदेशका उपाध्यक्ष चाँदनी आचार्य लगायतको सहभागीता रहेको थियो ।

घोडाघोडी नगर भित्रका वालवालिकाहरुलाई सहि बाटोमा हटाउनको लागी तालिम दिएको आयोजकले जनाएको छ । जेनेरेसन अमेजिङ्गका घोडाघोडी नगर संयोजक मिना बिष्टद्बारा दिइएको तालिममा ३० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो । तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन ओमप्रकाश अवस्थीले गर्नु भएको थियो ।