घोडाघोडीमा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

विशाल पाण्डेय / सुखड ।
कैलालीको घोडाघोडी नगरपालिका -३ मा आज बिहान स्कुल बस दुर्घटना भएको छ ।
सुखडबाट निम्दि जाँदै गरेको से १ ख ३९८ नम्बरको लिटिल एन्जल्स इङलिस बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा ४ जना विद्यार्थी घाइते भएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख यक्ष राज जोशिले जानकारी दिए । जोशीका अनुसार बस विद्यार्थी लिनको लागि त्यस तर्फ गएको थियो । बसको स्टेरिङ रड भाच्चिएर दुर्घटना भएको भएको जोशिले जानकारी दिए ।
बसमा करिब २५ जना विद्यार्थी रहेका थिए । घाइतेको सुखडमा रहेको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । बस चालक भने प्रहरीको नियन्त्रणमा रहेका छन् ।

