घोडाघोडीलाई सहयोग आउनेक्रम जारी, कैलाली उद्योग वाणिज्य संघ तथा साना किसानको सहयोग - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

घोडाघोडीलाई सहयोग आउनेक्रम जारी, कैलाली उद्योग वाणिज्य संघ तथा साना किसानको सहयोग



सुखड,कैलाली । कोरोना भाईरसको संभावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट प्रभावित भएका परिवारहरुलाई राहत वितरण गर्नको लागि घोडाघोडी नगरपालिकाले संचालनमा ल्याएको प्रकोप व्यवस्थापन कोषमा आर्थिक तथा खाद्यान्न सहयोग आउनेक्रम जारी रहेको छ ।

यसै क्रममा कैलाली उद्योग वाणिज्य संघ धनगढीले आइतबार राहत सामाग्री हस्तान्तरण गरेको छ । उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर, उपाध्यक्ष शिवराज कुवर लगायतको टोलीले घोडाघोडी नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरीलाई खाद्यान्न हस्तान्तरण गरेका छन् ।

कोराना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण बिपन्न वर्गलाई छाक टार्न समस्या भएकोले नगरपालिकालाई सहयोग गरेको उद्योग वाणिज्य संघका अध्यक्ष कुवरले जानकारी दिए । नगरपालिकालाई १२ क्विन्टल चामल , ८५ किलो पिठो , ७५ किलो दाल ,१ बोरा नुन ,६० लिटर तेल उद्योग वाणिज्य संघले जनाएको छ ।

त्यस्तै आजनै साना किसान कृषि सहकारी संस्था सुखड शाखाले पनि नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको छ । सहकारी संस्थाकि अध्यक्ष इन्द्रा देवि विकले नगर प्रमुख ममता प्रसाद चौधरीलाई २५ हजार बराबरको चेक हस्तान्तरण गरेकी हुन् ।

नगरपालिकालाई खाद्यान्न तथा नगद रकम सहयोग गरिएको भन्दै कैलाली उद्योग वाणिज्य संघ परिवार तथा साना किसान कृषि सहकारी संस्था सुखड शाखालाई घोडाघोडी नगरपालिकाका नगर प्रमुख चौधरीले धन्यवाद व्यक्त गरेका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा प्रदेश सभा सदस्य अमर बहादुर साउद ,घोडाघोडी नगरपालिकाका नि. प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंह ,कैलाली उद्योग वाणिज्य संघका सदस्य महेन्द्र बहादुर सिंह लगायतको उपस्थिति रहेको थियो ।