काङ्ग्रेसद्बारा घोडाघोडी नगरपालिकालाई खाद्यान्न सहयोग
विशाल पाण्डेय / कैलाली ।
नेपाली काङ्ग्रेस घोडाघोडी नगर कार्य समितिले घोडाघोडी नगरपालिकालाई खाद्यान्न सहयोग गरेको छ । नगर संयोजक कमलराज चौधरीले घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीलाई आज खाद्यान्न हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण गरिएको खाद्यान्न विपन्न र समस्यामा परेका बर्गलाई सहयोग प्रदान हुने विश्वास सहित समस्याको समाधान गर्न नगरपालिकालाई आफुहरुले सहयोग गरेको नगर संयोजक चौधरीले बताए । उनले नगर समितिले ६० कट्टा चामल, दाल ४०० किलो , २ सय लिटर तेल ,२५० किलो नुन र ४२५ पिस साबुन गरि करिब २ लाख ५० हजार बराबरको खाद्य सामाग्री हस्तान्तरण गरिएको बताए ।
कोभिड-१९ को राेकथाम तथा नियन्त्रण कार्य लामो अवधि सम्म लकडाउन भएका कारण नगरका गरिब,निमुखा र मजदुरबर्गहरुको जीवनयापन कार्यमा प्रत्यक्ष असर पारेको हुँदा ती समुदाय लाई सक्दो सहयोग पुर्याउने उदेश्यले नेपाली कांग्रेस घोडाघोडी नगरकार्य समितिले खाद्यान्न सहयोग गरेको नगर समितिले जनाएको छ । साथै नगर समितिले अति विपन्न परिवारलाई राहत नपाएको भन्दै नामावली समेत दिएको छ ।
नगर प्रमुख ममता प्रसाद चौधरीले विपद्को बेलामा सहयोग गरिएको भन्दै नेपाली कांग्रेस नगर समितिलाई धन्यवाद दिदै विभिन्न सघंसस्था बाट आएको रकम तथा खाद्यान्न साँझ बिहानको एक छाक खाना पनि जुटाउन मुस्किल भएका अति विपन्न परिवारका लागि खर्च गरीने बताए । उनले राहत नपाएका घरपरिवारलाई अनुगमन गरि तुरुन्तै राहत उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएका छन् ।
