घोडाघोडी नगरपालिका - २ मा योजना छनौट प्रक्रिया सुरु  - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

घोडाघोडी नगरपालिका – २ मा योजना छनौट प्रक्रिया सुरु 



जिवन विष्ट / सुखड।
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्वर २ मा मंंगलबार वाट योजना छनौट प्रक्रिया सुरु भएको छ ।

आगामी आर्थिक वर्ष २०७५÷०७६ को लागी नगरपालिकाका अन्य वडाहरुमा यौजना छनौट प्रक्रिया अन्तीम चरणमा पुग्दा वडा नम्वर २ मा भने केही ढिलाई भएको वडा अध्यक्ष हरिराज विष्टले बताउनु भयो । कसरी गर्ने के गर्ने आफैमा अन्यौलता रहेकाले ढिलाई गरेर योजना छनौट प्रक्रिया सुरु भएको बताउनु भयो ।

मंगलबार वाट वस्ती स्तरमा योजना छनौट सुरु भएको बताउदै उहाले केही दिन भित्रै योजना छनौट भइसक्ने बताउनु भयो । छनौट भएका योजना कार्यान्वयन गर्न तर्फ अग्रसर वन्नु पर्नेमा जोड दिदै उहाले वस्ती स्थर,वडा स्तर वाटै आएका योजनाहरुलाई प्राथमिकिकरण गर्दै जाने उहाले बताउनु भयो ।

चालु आर्थिक वर्ष २०७४÷०७५ मा अनाथ,असहाय निती तथा कार्यक्रममै नपरेको स्वीकार गर्दे उहाले आगामी आर्थिक वर्षमा अनाथ,असहायका लागी विशेष कार्यक्रम गरिने जानकारी दिनु भयो । योजना छनौटका वेला पनि बहुमतको आधारमा योजना छनौट गरिने गलत नितीका कारण समाजका टाठा वाठाहरुकै पक्षमा कार्यक्रम पर्ने गरेको बताउनु भयो । योजना छनौटका वेला वोल्न नसक्ने वास्तवीक पिडीत,तथा लक्षीत वर्गकालागी कार्यक्रम पुग्न नसकेको बताउनु भयो ।

योजना छनौट प्रक्रिया भरखरै सुरु भएको बताउदै उहाले टोल भेलामा वस्ती भेला तथा वडा भेलामा उपस्थीत भइ योजना छनौटमा सघाउन वडा वासीहरुलाई आग्रह गर्नु भयो ।