घाेडाघाेडी नगरपालिका- ८ को सडकमा जथाभावी पशु चाैपाया बाँध्नाले सडक बिग्रीयो  - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

घाेडाघाेडी नगरपालिका- ८ को सडकमा जथाभावी पशु चाैपाया बाँध्नाले सडक बिग्रीयो 



राम बहादुर बिश्वकर्मा / सुखड ।

कैलालीको घाेडाघाेडी नगरपालिका वडा नं ८ का अधिकांश टोलका स्थानीयहरुले सडकमा नै  गाई , गोरु र भैंसी लगायतका पशुचौपायाहरु बाँधेर बाटाे लाई चौपाया बाध्ने थलो बनाउदै आएका छन् ।

नगरपालिका भित्र केहि महिना अघि मात्र नगरपालीकाले आवश्यकता अनुसार २० फिट भन्दा बाटाहरु खनेर बाटामा ग्राभेल हालेको थियो ।

स्थानीयले आफ्नो घर नजिकको सडकमा घरपालुवा चौपाया बाध्नाले सडकमा खाल्डा पर्नुका साथै बाटाे हिलाम्मे बनेकाे छ ।

स्थानीयहरुले बिहान, दिउसो बाटाेमा बाधेर घास पनि बाटाेमै खुवाने गरेको भएको भए पनि त्यही बाटाेमा आवतजावत गर्ने जनप्रतिनिधि मौन रहेका छ्न । जन प्रतिनिधिमा पनि केही वडा सदस्यहरूका चौपायाहरु पनि बाध्ने गरेको पाइएको छ ।

साेहि वडा वडाध्यक्ष भिम बहादुर बाेकटि अाफु बारम्बार गएर स्थानीय जनतालाई भने पनि उनिहरुले नमानेकाे बताउनु भएको छ । अाफै गएर बाटाेमा चाैपायहरु बाँध्नु हुदैन, यसले बाटाेकाे संरचना बिग्रिन्छ,भनेर सुचना बारम्बार गर्दा स्थानीय नमानेकाे उहाँ बताउनुभएको छ।