घोडाघोडी पूर्व विद्यार्थी समाजले शुभकामना आदानप्रदान कार्यक्रम गर्ने - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

घोडाघोडी पूर्व विद्यार्थी समाजले शुभकामना आदानप्रदान कार्यक्रम गर्ने



ललित जाग्री / कैलाली ।
कैलालीको मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिकामा रहेका पूर्व विद्यार्थीहरुको संगठन घोडाघोडी पूर्व विद्यार्थी समाजको आयोजनामा काठमाडौं उपत्यकामा हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा शुभ-कामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।

घोडाघोडी नगरपालिका क्षेत्रबाट स्नातक तह उत्तिर्ण गरी उच्च शिक्षाको लागि देशको राजधानी काठमाडौं गएका सम्पुर्ण विद्यार्थी लाई कार्यक्रम उपस्थितिको लागि अनुरोध गरिएको आयोजकको तर्फ बाट भरत सापकोटाले जानकारी दिनुभयो । कार्यक्रमका सम्पर्क व्यक्तिहरुको रुपमा दिनेश लामिछाने, डबल बम र भरत सापकोटा रहेका छन्।

कार्यक्रम यहि भाद्र १९ गते मंगलबार, दिउँसो १२ बजेका लागि तोकिएको छ भने कार्यक्रम हुने स्थान त्रिबि को घडी भवन तोकिएको छ ।